आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

गभर्नर डा। विश्व पौडेलले आफ्नो पहिलो मौद्रिक नीतिका तयारी पूरा गरेका छन् । केही बेरपछि बैंक सञ्चालनक समिति बैठक बस्न लागेको बैंकका सहायक सूचना अधिकारी डा। सञ्जयप्रसाद मिश्रले जानकारी दिए।

हिजो पनि समितिको बैठक बसेको थियो। हिजो मौद्रिक नीतिको भूमिकामा छलफल भएकोमा आज थप नीतिगत व्यवस्थाहरुमा छलफल हुनेछ। समितिले नीति स्वीकृत गरे आजै दिउँसो सार्वजनिक गर्ने गभर्नर पौडेलको तयारी छ।

यसपटक बजेटसँग समेत तादम्य हुनेगरी उदार मौद्रिक नीति ल्याउने तयारी छ। न्यून ब्याजदर हुँदा पनि कर्जाको माग बढ्न नसक्दा बैंकमा तरलता थुप्रिएको छ।

अर्थतन्त्र पूर्णरूपमा चलायनमान भइसकेको छैन। यस्तो अवस्थामा कर्जाको माग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति तयार गरेको बताइएको छ।