मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
आज बिहान करिब पौने ४ बजे तीनथानास्थित मुख्य सडकमा दुई सवारी साधन ठोकिँदा मोटरसाइकल चालक चन्द्रागिरि–४ थानकोट निवासी करिब ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ढकाललाई उपचारको लागि कलंकीस्थित सहिद मेमोरिल अस्पताल पु¥याउँदा चिकित्कसले मृत घोषणा गरेका हुन् ।
त्यस्तै दुर्घटनामा स्कुटरका चालक धादिङको खानीखोला घर भएका ३२ वर्षीय विष्णु श्रेष्ठ र स्कुटरको पछाडि सवार धादिङकै धुनिवेशी–९ घर भएका २५ वर्षीय विवेक केसी घाइते भएका छन् । उनीहरुको सहिद मेमोरिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
