सबिना प्रजालाई पिनाकल एकेडेमीको पूर्ण छात्रवृत्तिसँगै होस्टेलको निशुल्क व्यवस्था,कम्प्युटर इन्जिनियर बन्ने सपना साकार
काठमाडौं। धादिङकी सबिना प्रजा अब आफ्नो सपना साकार बनाउने दिशामा अगाडि बढेकी छन्। प्रजा समुदायमा जन्मिएकी सबिनाले सामुदायिक विद्यालयबाट अध्ययन गर्दै एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्न सफल भएकी छन्। उनलाई पिनाकल एकेडेमीले +२ देखि स्नातक तहसम्म कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नका लागि सम्पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ।
यो छात्रवृत्तिले केवल सबिनाको व्यक्तिगत जीवनमा मात्र नयाँ अध्याय थप्ने काम गरेको छैन,समाजबाट पछाडि पारिएका समुदायबाट आएका विद्यार्थीहरूका लागि उच्च शिक्षाको ढोका खोल्ने काम पनि गरेको छ। पिनाकल एकेडेमीले सबिनालाई पढाइसँगै होस्टेलको व्यवस्था पनि निशुल्क रूपमा उपलब्ध गराउने भएको छ।
पिनाकल एकेडेमीका प्रिन्सिपल ऋषि तिवारीले भने, हामी सबिना जस्ता इच्छाशक्ति भएका विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुर्याउन प्रतिबद्ध छौं। शिक्षा हरेकको पहुँचमा पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो। प्रिन्सिपल तिवारीले भने संस्थाले समाजका पछाडि पारिएका समुदायबाट आएका विद्यार्थीहरूलाई उच्च शिक्षाको मूलधारमा ल्याउन यस किसिमको छात्रवृत्ति कार्यक्रम अघि सारेको हो।
सबिनाले आफूले पाएको अवसरप्रति संस्थाप्रति आभार प्रकट गर्दै भनिन्,मेरो सपना कम्प्युटर इन्जिनियर बन्ने हो। पिनाकल एकेडेमीले दिएको यो अवसर मेरो जीवन बदल्नेछ। अब म अझै कडा मेहनत गरेर आफू मात्र होइन, समाजका लागि पनि केही योगदान गर्न चाहन्छु।
सबिनाको शिक्षामा देखिएको उत्साह र पिनाकल एकेडेमीको सहयोगले समाजका अन्य विद्यार्थीहरूलाई पनि आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरणा मिल्नेछ भन्ने विश्वास लिइएको छ। यस्ता पहलकदमीले नेपालको शिक्षा क्षेत्रमा समानताको संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ अपेक्षा गरिएको छ।
पिनाकल एकेडेमीले दिएको यो अवसरले सबिनाकाे जीवनमा ठूलाे परिवर्तन ल्याउने निश्चित जस्तै छ। सबिनाले अझै कडा मेहनत गरेर आफू मात्र होइन, समाजका लागि पनि उदारणकाे पत्र बन्न सक्ने अवसर सृजना भएकाे छ।
सबिनाको शिक्षामा देखिएको उत्साह र पिनाकल एकेडेमीको सहयोगले समाजका अन्य विद्यार्थीहरूलाई पनि आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।
त्यस्तै सामुदायिक विद्यालयबाट अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याएकी सबिनाको यो उपलब्धिले संघर्षरत विद्यार्थीका लागि प्रेरणादायक बन्ने देखिएकाे छ।
