सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

विराटनगर। सुनसरीको हरिनगर गाउँपालिका–६ मा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन्।

गएराति २ बजे भिनाजु आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए।

गोली हान्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए। भारतको अररीया जिल्ला घर भएका भिनाजु राति राति आउने गरेको र हिजो पनि राति आएर गोली प्रहार गरेको छिमेकीलाई उदृत गर्दै तिम्सिनाले बताए।

हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको रहेको देखिएको तिम्सिनाको भनाइ छ। यस अघि उनी चोरी कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।