प्रतिनिधिसभालाई आज प्रचण्डले सम्बोधन गर्ने

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डले आज संसदलाई सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने भएका हुन्।

माओवादी केन्द्रले प्रचण्डले सम्बोधन गर्ने दिन संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई सन्देश पठाएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन्।

त्यस्तै आजको बैठकमा सहरी विकास मन्त्रालयसहितका मन्त्रालयको प्रश्नोत्तरको कार्यसूची रहेको छ। त्यसैगरी, खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।