बर्खास्त हुनुपर्ने मन्त्री प्रधानमन्त्रीसँग मिठा कुरा गरेर बसेका छन्: डा.शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा सहकार्यका नाममा पार्टी अनियमितता र भ्रष्टाचारको ‘साक्षीको किनाराका सदर’ भएर बसिरहेको टिप्पणी गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमा उने बिचौलियाले मन्त्री क्वार्टरमा घुसको ब्रिफकेस छाड्ने गरेको, मन्त्रीहरू घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।

‘यस्तै रहेछ यहाँको चलन’ भन्दै कोइरालाले आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्ने मन्त्री प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिइरहेको भन्दै कटाक्ष गरेका छन्।