साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

काठमाडौं। सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो।
बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेसँगै अब अबदेखि हरेक वर्ष कोदो दिवस मनाइनेछ। सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ। यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ।
तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आइरहेको छ। कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै कोदो उत्पादन गर्न सकिन्छ । कोदो र कोदोजन्य परिकारको माग बढे पनि कोदोको उत्पादन भने घट्दै गएको छ ।
