सुनचाँदीकै मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौ । नेपाली बजारमा आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साउनको पहिलो दिन असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको हो ।

जसअनुसार आज छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै हिजो २ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदीमा आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । तर, उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् ।