बैंकहरुको हितमा गर्भनर पौडेलले ल्याए मौद्रिक नीति, जनता डुबाउने रणनीति

विभिन्न राजनीतिक दलमा लागेका कार्यकर्ता भन्छन्, ‘चुनाव लड्न टिकट पाउन पार्टीलाई कराडौं दिनुपर्छ । चुनावमा पनि करोडौं खर्च हुन्छ। जसले पैसा खर्चिन सक्दा उसले न टिकट पाउँछ न चुनाव जित्छ। पैसा नभएपछि पार्टी र जनताका निम्ति जतिसुकै गरेपनि ऊ जित्न सक्दैन। २०७९ मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन भयो।

पार्टीलाई करोडौं पैसा दिएर नेपाली काँग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर १, मा हाल नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्व पौडेल उम्मेदवार बने। चुनावमा पनि करोडौं खर्चिए । तर, रास्वपाका हरि ढकालले बाजी मारे । उनी जिते, पौडेल हारे । चुनाव हारेपछि यता न उताका भएका पौडेल अहिले फेरि पार्टीलाई करोडौं बुझाएरै गर्भनर बनेका हुन्।

केही महिनाअघि उनले आफ्नो सम्पत्ति सार्वजनिक गरे । जसमा उनको सम्पत्ति १६ करोड बराबर रहेको देखिएको छ । त्यस्तै, सुन ४५ तोला र चाँदी पनि उत्तिकै रहेको छ। गर्भनर पौडेललाई चिन्नेहरु भन्छन्, ‘१६ करोड मात्र होइन, उनको सम्पत्ति अर्बौको छ । आफन्तका नाममा समेत उनले सम्पत्ति राखेका छन्। १६ करोड सम्पत्तिको उनले स्रोत खुलाएका छैनन्।

त्यत्रो सम्पत्ति राखेबापत राज्यलाई कर तिरेका छैनन् । न त सुनचाँदीकै स्रोत खुलाएका छन् । छिटो र सरल तरिकाले सम्पत्ति कमाउने ती तरिकाले छ । ती हुन् घरजग्गा, गाडी, सेयर र राजस्व छलि । एक हजार आना नपर्ने जग्गा लाखौंदेखि करोडौंमा बेचेर, एक सयको सेयर ३५ सयमा बेचेर, छिमेकी मुलुकबाट एक लाखमा गाडी ल्याएर पाँच लाखदेखि करोडौंमा बेच्ने र राज्यलाई राजस्व नतिर्नेले मात्र अंकुत सम्पत्ति जोड्न सक्छन् ।

सर्वसाधारण जनतालाई फसाएर नडुबाएसम्म पैसा कमाउन सकिँदैन । यस्ता दलाल व्यक्ति राष्ट्र बैंकको गर्भनर बनेका छन् । पौडेलले केही दिनअघि मौद्रिक नीति ल्याए । जसमार्फत घरजग्गा, गाडी र सेयरलाई धितो मूल्याङ्कनका आधारमा ८० प्रतिशत कर्जा दिने व्यवस्था गरिदिएका छन् । यसले सोझासाझा जनता सिधैं ठगिने र डुब्ने देखिन्छ ।

कर्जा नगएपछि राष्ट्र बैंकमा पैसा थुप्रिएको थुप्रियै छ । अनि गर्भनर पौडेलले जनता फसाउने पोलिसी ल्याएका हुन् । मौद्रिक नीतिअनुसार अब तीन करोडको घरजग्गा, गाडी वा सेयर किनेमा व्यक्तिले ६० लाख रुपैयाँमात्र लगानी गरे पुग्छ । बाँकी बैंकले ऋण दिन्छ । अब यसमा जनता कसरी डुब्छन् ? भन्नुपर्दा बैंकले १६ प्रतिशत ब्याज भनेर ८० प्रतिशत असुल्छन् । एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत असुल्छ ।

चर्को ब्याजदरका कारण ऋणीले कर्जा तिर्न सक्दैन । अनि उसको धितो बैंकले लिलाम छ । बैंकले धितो लिलाम गर्दा उसको धितो मात्र होइन, त्यसमा लगानी गरिएको ६० लाख रुपैयाँ र तिरेको लाखौं साँवाब्याजसमेत डुब्छ । सबैतिर डुबेपछि ऋणीले अन्ततः आत्महत्याको बाटो रोज्छ । यसरी गर्भनर पौडेलले सोझा जनतालाई सिधैं डुबाउने मौद्रिक नीति ल्याएका छन् ।

हुन त सरकारमा बसेका कोही पनि गतिलो भएनन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन १६ करोड खर्चिएर बनाएकोमा हालै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उनले गुरुङको खुलरै प्रशंसा गरे । तर, उनी ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भइसकेका छन् ।

उनलाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना तोकिएको छ । यतिमात्र होइन, सर्वोच्च अदालतले नै गुरुङले साढे चार अर्ब राजस्व छलेको पुष्टि गरेको छ । उनीसँग सो रकम असुल्न सरकारलाई निर्देशनसमेत दिएको छ । विडम्बना, सरकार चाँहि राजस्व असुल्नुको साटो गुरुङसँग भवन लिन्छ । प्रधानमन्त्री ओलीलाई जनता सोध्छन्, ‘साढे चार अर्ब ठूलो कि १६ करोडको भवन ?

यहाँ त जसले कोट लगाउँछ, मिठा बोल्छ, सहयोगको नाममा आफ्नो कर्तुत लुकाउँछन्, उसैलाई सरकारले सम्मान गर्छ । जनता पनि केही बुझ्दै नबुझी त्यस्ता व्यक्तिको कार्यक्रममा गएर ताली पिट्छन् । भ्रष्टाचारसम्बन्धी छानबिन र कारबाहीका निम्ति सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग खडा गरिएको छ । तर, यहाँ जतिसुकै उजुरी हालेपनि ठूलामाथि न छानबिन हुन्छ, न कारबाही ।

उजुरी लगेर टोकरी वा दराजमा थन्काइन्छ । कुनै पनि राजनीतिक र तिनका नेता देश र जनताप्रति जवाफदेही र जिम्मेवार भएनन् । उनीहरु त दलाल, माफिया, बिचौलियाकै नाइके भए । ओली, देउवा, प्रचण्ड, नेपाललगायत सबै नेता जनता र देशका नेता होइनन्, बिचौलिया, दलालका नेता हुन् । यस्ता दलालहरुले देश बनाउँछन् भनेर जनताले सोच्नु नै मुर्खता हो ।

यता, २० लाखदेखि करोडौं खर्चिएर जनता अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक गइरहेका छन् । रास्वपा सभापति (हाल जेलमा रहेका) रवि लामिछाने ०५६ सालमै अमेरिकी पुगेका थिए । ०६६ सालमा नेपाली नागरिकता र राहदानी त्यागेरर उनले अमेरिकी नागरिकता र राहदानी लिए । अमेरिकामा पनि उनीमाति विभिन्न चार वटा मुद्दा रहेको बताइन्छ ।

त्यहाँ मुद्दामाथि मुद्दा परेपछि उनी ०७१ सालमा भिजिट भिसामा नेपाल फर्किएका हुन् । अनि विदेशी नागरिकता र राहदानी बोकेर नेताहरुले केही गरेनन् भन्दै नेपाली उचाल्न थाले । लामिछाने न्यूज २४ मा सिधा कुरा जनतासँग नामक कार्यक्रम चलाउँथे । त्यहाँ उफ्रिउफ्रि कराउँथे । आफूलाई मात्र नेपाल र नेपालीको चासो भएको, नेताहरुले केही नगरेको देखाउँथे ।

तर, लामिछानेले आफूसँगै काम गर्ने पत्रकार शालिकराम पुडासैनीलाई आतमहत्या गर्न बाध्य बनाए । नुवाकोट घर भई काठमाडौं बस्दै आएका उनी ०७४ सालमा चितवन पुगेर प्राण त्यागे । मर्नुअघि उनले भिडियोसमेत रेकर्ड गरे । जसमा लामिछानेको सम्पूर्ण कर्तुतबारे बताइएको थियो । आफूलाई लामिछानेले दबाब दिएर मर्न बाध्य बनाएको बताएका उनले त्यो भिडियोमा लामिछानेको दोहोरो नागरिकता र राहदानीदेखि सबै कर्तुतको खुलासा गरेका थिए ।

भनिन्छ, मर्ने बेला कसैले झुट बोल्दैन । यद्यपि, पुडासैनीले आत्महत्या गर्नुअघि केही समयअघि मात्र बनाएको भिडियोमाथि कसैले विश्वास गरेन। न राज्यले न जनताले । चितवनबासी त रविकै पक्षमा सडकमा उत्रिए । पुडासैनी नेपाली नागरिक थिए । राज्यको चौथों अंग थिए ।

संविधानअनुसार उनको पनि बाँच्न पाउने अधिकार थियो । तर रविले उनलाई बाँच्न दिएनन् । उनले बाँच्न त पाएनन् नै सँगै न्यायसमेत पाएनन् ।
त्यतिबेला पुडासैनीको भिडियोलाई न्यायापालिकाले नै झुठो भन्यो । तर, सर्वोच्च अदालतले नै लामिछानेको दोहोरो नागरिकता भएको ठहर गर्दै ०७९ सालमा तकालिन गृहमन्त्रीसहित उपप्रधान, संसद्, पार्टी सभापति पदसम्म खारेज गरिदियो । अनि पुडासैनीले सत्य बोलेका रहेछन् कि झुट ? अहिले लामिछाने सहकारी ठगीसहित विभिन्न कसुरमा जेलमा छन् ।

उनीविरुद्ध पाँच वटा जिल्लामा मुद्दा छ । तर, उनको पार्टी रास्वपा चाँहि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ। जनता पनि रविमाथि प्रतिशोध साँधियो भन्दै हस्ताक्षर गरिरहेका छन् ।

यत्रो हुँदासमेत जनतामा अझै चेतना आएको छैन । जनता झोले भए । जनतासँग आफ्नो सोचाई नै भएन । पार्टीले जेजे भन्यो, त्यही गर्छन् जनता। अनि जनता नै ठिक नभएपछि कहाँबाट देश विकास हुन्छ ? जनतामा चेतना नआएसम्म देशमा केही पनि हुने र्छैन । राजनीतिक दलका नेताहरुले देश र जनतालाई लुटिरहने छन् ।