सुनचाँदीकै मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज ९शुक्रबार० सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य १५ रुपैयाँ बढेको हो।
यसअघि हिजो १ लाख ९२ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै हिजो २ हजार २६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार २८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
