विद्या र शेखरबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाबिच भेटवार्ता भएको छ। नेता कोइरालाले आज बिहान भंगाल पुगेर पूर्व राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन्।

पूर्व राष्ट्रपति भण्डारी र नेता कोइरालाबीच एक घण्टा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। उनका अनुसार पूर्वराष्ट्रपति भण्डारी र कोइरालाबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो।

भेटमा डा।कोइरालाले आफूले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आवाज उठाउँदै आएको जानकारी दिँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए। वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न सोचे जति नसकेको उनको भनाइ थियो।

त्यसपछि पूर्वराष्ट्रपति भण्डारीले सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताइकी थिइन्। उनले आफू अब सक्रिय राजनीतिमा आउन लागेकाले डा.कोइरालासँग साथ र समर्थन मागेकी थिइन्। सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै पूर्वराष्ट्रपति भण्डारीले नेतथाहरुसँगको भेटघाटलाई तीव्र बनाएकी छन्।