प्रहरीले अबदेखि पक्राउ परेका आरोपितको तस्बिर सार्वजनिक नगर्ने

काठमाडौं । प्रहरीले अबदेखि विभिन्न अपराधका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ। प्रहरीले अब विभिन्न कसुरमा अनुसन्धानका लागि पक्राउ परेका आरोपितको भिडियो तथा फोटो सार्वजनिक नगर्ने भएको हो।

प्रहरी प्रधान कार्यालयले सोमबार मातहतका सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै आरोपितको फोटो तथा भिडियो सार्वजनिक नगर्न परिपत्र गरेको छ।

अब प्रहरीले गम्भीर अपराधमा पक्राउ परेका आरोपितको नाम र ठेगानाबाहेक फोटो र भिडियो सार्वजनिक गर्ने छैन। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले महान्यायाधिवक्ता कार्यालयकै निर्देशनअनुसार पहिलो चरणमा पक्राउ परेका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न पत्राचार गरिएको जानकारी दिए।