उर्जामन्त्री खड्काले भने-चितवनमा लोडसेडिङ होइन,लेखाइमा गल्ती भयो

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने चर्चालाई खण्डन गरेका छन्। उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे। लोडसेडिङ होइन, लेखाइ गलत भएको हो’ उनले भने,पानी तान्ने पम्प हुन्छ। लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो।

नेपाल विद्युत प्राधिकरणले चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी गरेको थियो । त्यस सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले ‘चितवनमा लोडसेडिङ सुरु’ भएको समाचार प्रकाशित गरेका थिए।

मिडियाहरुमा आएको समाचारप्रति ध्यानाकर्षण जनाउँदै मन्त्री खड्काले चितवनमा लोडसेडिङ नगरिएको दावी गरेका हुन् ।