समाजवादी मोर्चाको निष्कर्ष: प्रतिगमनकारी षड्यन्त्रलाई रक्षात्मक अवस्थामा पुर्याइयो
काठमाडौं। समाजवादी मोर्चाले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरूलाई असफल बनाउन मोर्चा सफल भएको निष्कर्ष निकालेको छ।
मंगलवार आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
बैठकले समग्रमा मोर्चा सफल भए पनि जनता र पार्टी कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकोलेको विश्वकर्माले जानकारी दिए।
उनले दलका नेताहरूको समय व्यवस्थाका कारण मोर्चाले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै अगामी दिनमा यस्ता कुराहरू सुधार्ने विषयमा पनि छलफल भएको बताए।
उनले वर्तमान व्यवस्थाको सुदृढिकरणतर्फ लैजान कुरामा मोर्चालाई प्रभावकारी बनाएर अगाडि बढ्ने सहमति भएको पनि बताए।
