कांग्रेस बागमती: दलको नेतामा लामा र बानियाँबीच प्रतिष्पर्धा

काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ।

मंगलबार संसदीय दलको बैठकमा मतविभाजनबाट विश्वार गुमाएका लामा र बानियाँले आज संसदीय दलको नेता बन्न उम्मेदवारी दिएका हुन्।

मुख्यमन्त्री लामाको प्रस्तावकमा तिर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन्।

त्यस्तै बानियाँको समर्थकमा सांसद याङ्किला शेर्पा तथा प्रस्तावमा कृष्णकुमार तामाङ रहेका छन्। संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ। यसअघि मंगलबार लामाविरुद्धको अविश्वास प्रस्तावमा मतविभाजन हुँदा उनले विश्वास गुमाएका थिए।

लामाको अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले पहिले नै बानियाँलाई दलको नेता र मुख्यमन्त्रीको लागि निक्र्यौल गरेका छन्।