भ्रष्टाचार गर्ने कसैलाई छाडिँदैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछोडिने बताएका छन्। बुधबार राष्ट्रियसभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धि अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिने क्रममा उनले नसोची सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरिएको बताए।

उनले भने, ‘फ्याट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ। एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त भ्रष्टाचार गरेको रहेछ नि ऊ! कारबाही गरेपछि भ्रष्टाचार भएको छलंगै देखियो त। कारबाही नगरेको राम्रो ?

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको जिकिर गरे। उनले भने,कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न।