शिक्षा विधेयकमाथिको छलफल सकियो, प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथिको छलफल सम्पन्न गरेको छ ।बिहीबारको बैठकले विधेयकको प्रतिवेदन लेखनको जिम्मा सचिवालयलाई दिएको छ ।
छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित भएको छ । बैठकले नेपाल शिक्षक महासङ्घका सदस्य शिक्षक प्रधानाध्यापक नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव पारित गरेको छ ।
शिक्षकको बढुवा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन, तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा गर्ने निर्णय भएको छ । साथै, शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अङ्क ८० मा झार्ने प्रस्ताव पनि पारित भएको छ ।
