पाँच वर्षभित्र हरेक नागरिकले विपद् पूर्वसूचना प्राप्त गर्छन्: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले विपद् पूर्वसूचना प्राप्त गर्ने बताएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार आयोजना गरेको सबैका लागि पूर्वसूचना राष्ट्रियकार्याशालालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिमपूर्व सूचना प्राप्त गर्ने बताए।

नेपालमा पनि एक तिहाई जनसंख्यामा प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना पुग्न नसकेको उल्लेख गर्दै उनले आगामी ५ वर्षभित्र सबैमा पूर्वसूचना पुराउने प्रतिबद्धता जनाए।