अहिलेको मुख्य राजनीतिक मुद्दा नै संविधान जोगाउनु हो: गृहमन्त्री लेखक
काठमाडौं। गृहमन्त्री रमेश लेखकले आजको मुख्य राजनीतिक मुद्दा नै संविधानको रक्षा जोगाउनु भएको दावी गरेका छन्। शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।
उनले अहिलेको संविधानले सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा जोडी सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढंगले प्रतिनिधित्व गराएर समावेशी राज्य बनाएको बताए।
काँग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको बताए।
गृहमन्त्री लेखकले भने, ‘आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा गर्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढंगले अगाडि बढाउनुपर्ने, सुदृढ गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने आजको मुख्य राजनीतिक विषय हो।
नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले यो संविधानको रक्षा,संघीयता,लोकतन्त्र,गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्ने कुरालाई सुदृढ,रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्न दृढतासाथ अघि बढेका छौँ।गृहमन्त्री लेखकले वर्तमान सरकारले संविधानको रक्षाको विषयलाई दृढताका साथ अघि बढेको बताए।
