कैलाली कारागार तनावकाबीच गृहमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल

काठमाडौं । कैलाली कारागारमा भएको झडप र एक जनाको मृत्युको घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन्। शनिवार गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफलका लागि बैठक डाकेका हुन्।

शुक्रवार राति कारागारमा भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार जारी छ।

कैदीबन्दीहरूले कारागारको नियन्त्रण आफ्नो हातमा लिएको र सुरक्षा व्यवस्था अस्तव्यस्त भएको अवस्थामा गृहमन्त्रीले यो छलफल आयोजना गर्न लागेका हुन्, उनका सचिवालयले जनाएको छ।