लेट्स टकको कार्यक्रममा उदाए मेनुका र उदित

चितवन।लेट्स टकको ९६ औं श्रृङ्खलामा उदित प्रकाश सिग्देल र मेनुका चापागाईंले पहिलो मञ्च कार्यक्रममा कविता वाचन गरे। कार्यक्रममा सहजीकरण अक्षर समूहका अध्यक्ष लेखराम सापकोटाले गरेका थिए।

कार्यक्रममा कविता वाचन गर्ने उदित र मेनुकालाई लेखरामले प्रश्नोत्तर पनि गरेका थिए। उनीहरूबीचको संवाद निकै रोचक बनेको थियो। मेनुका चापागाईंले स्कुल जीवनदेखि नै कविता कोर्ने गरेको बताइन। उनले वर्तमानको ऐना, अंशबण्डा, तिमी नभएको शहर, फुल्नेछ जिन्दगी , तिम्रो विचार बदल, जीवनचक्र लगायतका १० कविताहरू वाचन निकै मनमोहक र मर्मस्पर्शी थिए।

उदित प्रकाश सिग्देलले पनि माया, बुद्ध र बन्दुक, ऊनका डल्ला, अहम, म फर्कि आएको छु, प्रश्न, झोला लगायतका १० कविता वाचन गरेर दर्शकलाई मन्त्रमुग्ध पारे। उनले पनि कविता लेखन कलेज जीवनदेखि नै रुचि राख्ने बताए।

आख्यानकार शान्ति शर्माले दुवै जनालाई उज्ज्वल साहित्यिक भविष्यको शुभकामना व्यक्त गरिन्। कवि एवं गजलकार विद्या भण्डारी चिरागले दुवै जनालाई मायाको चिनो प्रदान गरिन। कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व एवम् संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

लेट्स टकका संयोजक आकाश पौडेलले कार्यक्रममा सहभागी सबै सबैमा हार्दिक धन्यवाद ज्ञापन गरे। कार्यक्रम होटल अशोका भरतपुरको सभाहलमा सम्पन्न भएको थियो।