भ्रष्ट संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था
- हस्तबहादुर केसी
– पुष्पलाल
कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा २००६ साल बैशाख ९ ( सन १९४९ अप्रिल २२ ) का दिन भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । आज नेपाल कम्युनिस्ट आन्दोलनले ७६ वर्ष पुरा गरिसकेको छ । तर यति लामो ऐतिहासिक अबधि पार गर्दासम्प पनि महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन ।
स्थापना काल मै नेपाल कम्युनिस्ट पार्टीको लक्ष्य , उद्श्ये अर्थात् महान् नेपाली क्रान्तिको रणनीति र कार्यनीति किटान किटान गर्दै भनिएको थियो कि ” देश अर्ध सामन्ती र अर्ध आौपनिवेशिक अवस्थामा छ , यस अवस्थामा रहेको हाम्रो देशमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति हो ” किटान गरिएको थियो , अहिलेसम्म पनि यद्यपि विवाद विषयमा सिमित मात्रामा परिवर्तन त भएको छ , त्यो अवस्था कायमै छ । अर्थात् नेपाल अहिले पनि अर्ध सामन्ती र अर्धआौपनिवेशिब अवस्थामै छ । त्यसैले आज पनि नेपालमा गरिने क्रान्ति भनेकै नयाँ जनवादी क्रान्ति हो । त्यसका नयाँ ढंगको कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । किनभने कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको संगठित अग्रदस्ता हो ।
नयाँ जनवादी क्रान्ति सम्पन्न भएपश्चात् मजदुर – किसान एकताको आधारमा जनताको जनवादी अधिनायकत्व कायम गरिन्छ । सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्य सञ्चालन गरिन्छ । अर्थात् सर्वहारा वर्ग सत्ताको नेतृत्व बन्न पुग्दछ ।
सामन्तवर्ग , जमिनदार वर्गको जमिन खोसेर किसानलाई वितरण गरिन्छ । किसान जमिनका मालिक बन्न पुग्दछ । साथै देशका कलकारखाना , उद्योग – धन्दाहरुलाई राष्ट्रियकरण गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रियकरण गरिन्छ । सम्पूर्ण राष्ट्रिय सम्पत्तिलाई राष्ट्रियकरण गरिन्छ। मजदुरहरु कलकारखाना , उद्योग – धन्दाहरु मजदुरहरुको हातमा आउँछ।
अर्थात् मजदुरहरु राष्ट्रिय सम्पत्तिका संरक्षक र मालिक बन्न पुग्छन्। यसरी किसानहरु जमिनका मालिक बन्न पुग्छन् भने मजदुरहरु कलकारखाना , उद्योग – धन्दा र राष्ट्रिय सम्पत्तिका मालिक बन्न पुग्छन्।
यसरी जनता देशका मालिक बन्न पुग्छन् र, जसलाई ” जमिन जोत्नेको , घर पोत्नेको ” भन्ने नारा संस्थापक महासचिव कमरेड पुष्पलाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको थियो।
तर पार्टीको लक्ष्य पुरा भइनसकेको अर्थात् महान् नयाँ जनवादी क्रान्ति पुरा भइनसकेकै कारण ” जमिन जोत्नेको, घर पोत्नेको ” भन्ने कमरेड पुष्पलालले अगाडि सारेको र नेपाल कम्युनिस्ट पार्टीको रणनीतिक कार्यक्रम बनेको नेपाली जनताको उक्त माग पुरा भएको छैन । त्यसैले महान् नेपाली नयाँ जनवादी क्रान्ति आवश्यक छ । नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्न आवश्यक छ । त्यसले मात्र जनताको जनवादी अधिनायकत्व कायम गर्न सक्छ र निश्चित अबधि पार गरिसकेपछि वैज्ञानिक समाजवादमा प्रवेश गर्ने बाटो खुल्दछ ।
क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी चाहिन्छ , माथि पनि भनिएको छ , किनभने त्यसप्रकारको संगठित , एकताबध्द , अनुशासित , लडाकुको र मिलिट्यान्ट कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । क्रान्तिका लागि पार्टी नीति सम्बन्धि यो अनिवार्य सर्त हो ।
तर आज नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा मात्रै होइन , नेपाली कम्युनिस्ट आन्दोलन दुई विपरीत धारामा रहेको छ । पहिलो धारा संसदवादी कम्युनिस्ट बनेको छ र बुर्जुवा संसदीय कार्यदिशा आत्मसात गरेर प्रतिक्रियावादी सरकार समेत सञ्चालन गर्न पुगेको छ ।
संसदवादी धाराले आफूलाई कम्युनिस्ट हुँ पनि भन्दै र भनाउँदै हिडेको छ । त्यस नक्कली , नामधारी कम्युनिस्ट धाराले जनताका बीचमा भ्रमको खेती गर्ने , भोट बटुल्ने र बहुमत ल्याएर प्रतिक्रियावादी भ्रष्ट सरकार चलाउने , भ्रष्टचारीहरु , तस्करहरु लगायत सम्पूर्ण अपराधीहरुलाई संरक्षण गर्ने र राष्ट्रिय सम्पत्ति लुट्ने खेलमा छ र हाल उसले वामपन्थी एकता , माओवादी एकताका गुलिया नारा दिएको र मिसन ८४ को नारा दिइरहेको छ ।
अर्को क्रान्तिकारी धारा छ , उसले वर्तमान नेपाली समाजको वर्गविश्लेषण ठिकै किटान गरेको , क्रान्तिको कार्यनीतिक कार्यदिशा पनि ठिकै किटान गरेको छ । तर त्यो धारा पनि एकातिर विभाजित अवस्थामा छ भने अर्कोतिर क्रान्तिका लागि तयारी गर्ने विछट्टै आँट र हिम्मत भएको देखिदैन । नारा क्रान्तिकारी दिने तर काम र व्यवहार अन्य बुर्जुवा तथा संशोधनवादीहरूकै सरह रहेको देखिन्छ।
कोठा भित्र ठूला ठूला क्रान्तिका गफ मात्रै छाँटेर त क्रान्ति हुँदैन । क्रान्ति गर्ने मुलुकको वस्तुगत अवस्था तयार भइसके पछि क्रान्तिका निम्ति आँट नर्नु , क्रान्तिमा,हाम फाल्ने होइन भने त्यो पनि दक्षिणपन्थी संशोधनको बाटो हुँदै प्रतिक्रियावादमा पतन हुन पुग्दछ भन्ने लेनिनको भनाई छ , वहाँको उक्त भनाई ठिक । नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेका र भनाइएकाहरुको छाँट पनि त्यस्तै छ ।
अहिले सत्ताको नेतृत्व गरिरहेका र सत्ता बाहिर रहेका प्रतिपक्ष भनिएका संसदवादी पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाली काँग्रेस , नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) राप्रपा लगायत अन्य ससाना पार्टीहरु भित्र अन्तर कलह , आन्तरिक झगडा , विरोध , भण्डाफोर चलिरहेको छ । ती पार्टीहरुका ” “बीचमा बिलोको लडाइँ ” कुकुरे कलह चलिरहेको छ ।
तिनीहरूका बीचमा किन यस प्रकारको लडाइँ भइरहेको छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । अहिले भ्रष्ट संसदवादी पार्टीहरुले सरकारमा जाने व्यापक रुपमा भ्रष्टाचार गर्ने , मानव तस्करी लगायतका विविध कालका अपराध गरेर राष्ट्रको सम्पत्ति लुट्ने र पुस्तौ पुस्तासम्म पुग्ने गरि राष्ट्रिय सम्पत्ति लुट्ने पुलिस , न्यायलय , अख्तियार , कर्मचारीतन्त्र , शिक्षा , स्वास्थ्य , यातायात , बजार , व्यवसाय लगायत क्षेत्रमा आफ्नो लगाम कायम गरेको छ , आफ्नो पकडमा राखेको छ , अर्थात् आ- आफ्ना कार्यकर्ताहरु भर्ना गरेका छन्।
उनीहरू मार्फत संरक्षित भएर राष्ट्रिय सम्पत्ति सत्तामा बसेको हरेक नेतृत्वले गरिरहेको छ । पुरानो नेतृत्वले नयाँहरुलाई नेतृत्व हस्तान्तरण गर्न मरिकाट्य तयार छैन । हरेक पार्टीमा सिट सिमित छ , त्यसैले दोस्रो , पुस्ताको नेतृत्व नेतृत्वमा छिटै पुग्ने र राष्ट्रिय सम्पत्ति लुट्न लालायित मात्रै छैन र र्याल काटेर बस्न नसकेर आतुर छ । त्यसले नेतृत्वको आलोचना गर्दछ। कमिकम्जीरीको विरोध गर्दछ र भ्रष्टाचारमा चुर्लुमब डुबेको पुरानो नेतृत्वले आफ्नो विरोध , आलोचना गर्ने हरुमाथि डण्डा बर्साउने र पार्टीबाटै निस्कासन गर्नेछ घृणित कार्य गरिरहेको छ , जसका कारण सबै पार्टीहरुमा कलह , झगडा मच्चिरहेको छ ।
यी सबै कारणले गर्दा वर्तमान संसदीय व्यवस्था बदनाम मात्र भएको छैन कम्ज समेत भइरहेको छ । र , यसरी नेपालको संसदीय व्यवस्था असफल भइसकेको छ ।
यस्तो अवस्थामा अब संसदीय व्यवस्थाको विकल्प यही संसदीय व्यवस्थाले दिने कुरै भएन । कम्युनिस्टहरू मात्र विकल्प हुन् । त्यसो भएर वर्तमान भ्रष्ट संसदीय व्यवस्थापनको एक मात्र वैज्ञानिक विकल्प महान् नयाँ नेपाली जनवादी क्रान्ति हो । नयाँ जनवादी राज्य व्यवस्था हो । त्यसमा पनि जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी व्यवस्था हो जसले नेपालमा वैज्ञानिक समाजवादमा प्रवेश गर्ने बाटो खोल्दछ ।
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक एव अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )।

