हर्क साम्पाङको प्रश्न-भारतीय बलले नेपालीमाथि हप्कीदप्की गर्यो,रक्षा मन्त्री कहाँ छन् ?
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । उनले आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै ‘यस बेला नेपालका रक्षा मन्त्री कहाँ छन्? प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षा मन्त्री ल्याइदिनुपर्यो। हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौँ’ उनले भने । यही बेला सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको उनले बताएका हुन्।
‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ साम्पाङले भने। सांसद राईले सीमामा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो भन्दै जानकारी पनि मागेका छन्।
