रञ्जिता नै नागरिक उन्मुक्तिको अध्यक्ष: निर्वाचन आयोग
काठमाडौं। निर्वाचन आयोगले रञ्जिता श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेको ठहर गरेको छ।आयोगको मंगलबार बसेको बैठकले राजनीतिक दल सम्बन्धि ऐन र सम्बन्धित पार्टीको विधान अनुसार रञ्जिता नै पार्टीको अध्यक्ष भएको निर्णय गरेको हो।
असन्तुष्ट पक्षले पेस गरेको विवरण ऐन र विधान अनुसार नमिलेका कारण नाउपाको अध्यक्ष श्रेष्ठ नै रहेको ठहर गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
नाउपाको संस्थापक सदस्यहरूको भेलाले श्रेष्ठलाई अपदस्त गर्दै लालबीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। चौधरी नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीका बुवा हुन् भने श्रेष्ठ पत्नी हुन्।
