काभ्रेमा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु, १७ जना घाइते
काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ। अन्य घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ।
