लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं। लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन्। काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन रूद्रमती चोकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-७ बाट नियन्त्रित लागुऔषध नाइट्राभेट १ सय ६२ ट्याब्लेट, डाईजेपाम २८ एम्पुल, नोर्फिन ९० एम्पुल र फेनारगन ३५ एम्पुलसहित काठमाडौं बौद्ध नयाँबस्ती बस्ने काभ्रे रोशी गाउँपालिका-१ घर भएका ३२ वर्षीय बिजय तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।

मोरङ, रंगेली नगरपालिका-९ फर्साडाँगीबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ९ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका-५ बस्ने १९ वर्षीय रिंकु कुमार शर्मा र भारत बिहार मुरारीपुर-१ बस्ने २९ वर्षीय राकेश प्रमाणी रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बाँके, नेपालगंज उपमहानगरपालिका-३ एकलाईनीबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम ७ सय १० मिलिग्रामसहित दाङ तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय विर बहादुर विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट नगरभवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ अरनिकोटोलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ दोभान बस्ने ३० वर्षीय विवेक खड्का र सोही उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २६ वर्षीय सुशान्त मैनाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००६ प २६४५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-१० बसपार्क बस्ने ४२ वर्षीय सन्तोष कार्कीलाई लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम र नगद ३ लाख १७ हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानो पोखरा डेरा गरी बस्ने सोही उपमहानगरपालिका(१० घर भएका २४ वर्षीय राजीव मोक्तानलाई लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ।

सुनसरी, धरान उपहानगरपालिका-१६ बस्ने २२ वर्षीय रकिल राईलाई नियन्त्रित लागुऔषध ट्रामाडोल ५ सय ५० ट्याब्लेटसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।