सुर्खेतमा १६ वर्षीया बालिकामाथि बलात्कार

सुर्खेत। १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।