आज मिति २०८२ साल भदौ ०१ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ। परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनेछ । धन लाभको योग छ । व्यापार व्यवसायमा लगानी बढाउन सकिने समय हो। आफन्त र परिवारजनमा आत्मीयता बढ्नेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आयआर्जनका स्रोत बढ्नेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन् र मन प्रसन्न रहनेछ । अध्ययनमा प्रगति हुने दिन हो। व्यापारबाट धन लाभ हुनेछ। भौतिक साधन जुट्नेछ। कृषिउपज तथा पशुधनबाट पनि फाइदा हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- काममा स्थानान्तरण हुन सक्छ। लामो यात्राको सम्भावना छ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ । गरेका कामको प्रशंसा हुनेछ । नोकरीमा पदोन्नति तथा पढाइमा प्रगति हुने समय हो। घर जग्गा वा बन्धुबान्धवसँग असमझदारी बढ्न सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आर्थिक कारोवार अति आवश्यक बाहेक नगर्नु उचित हुनेछ । नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ । तर नसोचेको धनहानि हुने दिन हो । काममा बाधा आउन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- भविष्यका लागि विशेष काममा जग बसाउने अवसर मिल्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद दायित्व बढ्नेछ। हातमा आएका केही अवसर गुम्न सक्छन् । चोट पटक वा हाड जोर्नी सम्बन्धी समस्या देखिन सक्छ । सवारी वा हतियार प्रयोगमा सावधानी अपनाउनुहोस्।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरेका कामको मूल्यांकन राम्रो हुनेछ । भौतिक साधन जुट्नेछन् । रोकिएका काम बन्नेछन् र आयआर्जनका स्रोत बढ्नेछन् । कृषि तथा पशुधनबाट लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- आटेको काममा सफलता मिल्नेछ । तपाईँको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति वा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समयमा निर्णय लिन नसक्दा अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्न सक्छ, सचेत रहनुहोस् । सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- समयमा काम पूरा नहुँदा अवसर गुम्न सक्छ । जिम्मेवारी बढ्नेछ । जीवन साथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। अन्ध विश्वासको भरमा काम गर्दा दुस्ख पाउने सम्भावना छ । धार्मिक काममा बाधा आउन सक्छ । तर रमाइलो भ्रमणको अवसर मिल्नेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा समय बित्न सक्छ । मान सम्मानसहित आम्दानी बढ्ने समय हो । जीवन साथीको सहयोगले लाभ र आनन्द प्राप्त हुनेछ । राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । शुभ कार्य सम्पन्न हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- नयाँ प्रेम सम्बन्ध बन्ने वा प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु आवश्यक छ। उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारको सहयोगले उत्साह बढ्नेछ । स्वास्थ्यका लागि भारी खानपानमा सचेत रहनुहोस्।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जनमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष काम बन्नेछन् । दाम्पत्य जीवन सुमधुर बन्नेछ । अध्ययन गर्नेहरूलाई लाभदायी दिन हो । टाढाको यात्राको सम्भावना छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- व्यापार व्यवसायमा संलग्नहरूलाई फाइदा हुनेछ । रुचिका क्षेत्रमा लगानी बढाउन सकिने समय हो । विभिन्न अवसरले पछ्याउने छन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी निम्त्याउन सक्छ । रोगले सताउन सक्छ । सरकारी निकायबाट कडि कडाउ भोग्नुपर्ने सम्भावना छ।