गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ गरेका छन्। उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन्।

उनीबारे बैङ्किङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए।