आज मिति २०८२ साल भदौ ३ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्म योग र आम्दानीले पछ्याउने छन् ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम गर्न सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समुदायको हितमा धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले जीवनशैलीमा सुधार ल्याउनेछ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको योग छ । उत्साहपूर्ण रहन सकिनेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा फाइदा हुने योग छ ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा समस्या देखिएपनि प्रशस्त धन आर्जन हुने समय छ । व्यवसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- बेसुरमा बचन दिने बानीले दुःख पर्न सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोस् । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्नेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा विशेष लाभ हुनेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- मनमा केही डर लागेपनि विभिन्न अवसरहरूले पछ्याउने छन् । बोलीको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि सकारात्मक संकेतहरू प्राप्त हुनेछन् ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । तर केही अवसर फुत्कन सक्ने भएकाले सचेत रहनुहोस् । प्रयत्न गर्दा सहयोगीमार्फत फाइदा लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोस् । धेरैको मन लोभ्याउन सकिने समय छ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- स्वादिष्ट भोजनको आनन्द पाइनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन बलियो हुनेछ । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउने सम्भावना छ । गल्ती बिनै आरोप लाग्न सक्छ । सरकारी कडि कडाउको सिकार हुन सक्ने समय छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- अरूको फाइदाका लागि उपयोग भइने समय छ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल देखिन्छ। काम बिग्रने डरले सताउनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा पर्न सकिने भएकाले आर्थिक कारोबारमा सतर्क रहनुहोस्।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । सभा समारोहमा भाग लिने मौका मिल्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि बेसुरमा बचन दिने बानीले दुःख पर्न सक्छ ।
