सुनचाँदीको मूल्य घट्यो,तोला कति ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो।

सोमबार १ लाख ९६ हजार ३०० मा किनबेच भएको सुन आज प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ। सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।