प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने भएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

