आज भुटानसँग भिड्दै नेपाल
काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानको सामना गर्दैछ।
खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशलामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ। भुटानविरुद्ध मैदानमा उत्रिरहँदा नेपाल तीन अ्रककोे लक्ष्य सहित मैदानमा उञनेछ। पहिलो खेलमा बुधबार भारतसँग ७–० को हार बेहोरेको नेपालका लागि भुटान सहज प्रतिद्वन्द्वी भने होइन।
भुटानले आफ्नो पहिलो खेलमा बलियो बंगलादेशविरुद्ध समक्त प्रदर्शन गरेको छ। सहभागी चार टोलीमध्ये भुटान तुलनात्मक रुपमा कमजोर टोली मान्ने गरिन्छ।
तल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा भुटान र छैटौं पटक भिड्दैछन्। पछिल्ला पाँच भेटमा नेपालले समान दुई जित र बराबरी खेल्दा एक खेलमा हार बेहोरेको छ। चाङ्लिमिथाङ रंगशालामा नेपाल र भुटान तेस्रो पटक खेल्दैछन्।
नेपालले भुटानसँग एक मात्र हार यही रंगशालामा बेहोरेको थियो। सन् २०१८ दोस्रो संस्करणमा भुटानले घरेलु समर्थक अगाडि तेस्रो स्थानको भिडन्तमा नेपाललाई हराएको थियो।
