नेपाली सेनामा २८० अधिकृतका लागि जागिर खुल्यो
काठमाडौं । नेपाली सेनाले २८० अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सनोको भर्ना छनोट निर्देशनालयले आज एक सूचना जारी गर्दै सहायक सेनानी र उपसेनानी पदका लागि दरखास्त आह्वान गरेको हो ।
सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको उक्त पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सेनाले जनाएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।



