कुन बैंकले कति नाफा कमाए ?
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा साढे ७१ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । उनीहरूले अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा नाफा करीब ४४ प्रतिशतले बढाउन सफल भएका हुन् ।
वाणिज्य बैंकहरूले अघिल्लो आवमा ४९ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा भने २२ अर्ब रुपैयाँ बढी नाफा कमाउन सफल भएका छन् । गत आवमा उनीहरूले ७१ अर्ब ४५ करोड ८ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गभर्नर विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा पुनर्संरचनाको सुविधाले पनि नाफा बढाउन सहयोग गरेको बैंकरहरू बताउँछन् । पौडेलले गत जेठमा नै कृषि र एसएमई क्षेत्रमा गएको कर्जा पुनर्संरचनाको सुविधा दिएपछि त्यसको सकारात्मक असर बैंकहरूको वित्तीय विवरणमा परेको बैंकरहरू बताउँछन् ।
अर्थतन्त्रमा कायम सुस्तता केही हदसम्म कम हुँदा वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । त्यसका अतिरिक्त राष्ट्र बैंकको लचक नीतिले वाणिज्य बैंकहरूको नाफा बढाउनका लागि प्रधान भूमिका खेलेका छन् ।
गभर्नर विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा पुनर्संरचनाको सुविधाले पनि नाफा बढाउन सहयोग गरेको बैंकरहरू बताउँछन् । पौडेलले गत जेठमा नै कृषि र एसएमई क्षेत्रमा गएको कर्जा पुनर्संरचनाको सुविधा दिएपछि त्यसको सकारात्मक असर बैंकहरूको वित्तीय विवरणमा परेको बैंकरहरू बताउँछन् ।
कर्जा असुलीमा सुधार हुँदा बैंकहरूले खराब कर्जा वापत राख्नुपर्ने प्रोभिजनिङ घटेको बताएका छन् । जसले गर्दा नाफा बढेको हो । यस्तै राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण गरिएको कर्जाको नोक्सानी घटाउँदा त्यसले प्रोभिजनिङ कम भई नाफा बढाउन सहयोग पुगेको बैंकरहरू बताउँछन् ।
बैंकहरूको वित्तीय विवरणले अर्थतन्त्रमा सुधारको संकेत देखाएको छ । कर्जा असुलीमा सुधार गर्न सक्दा बैंकहरू करिब ४४ प्रतिशतले नाफा बढाउन सफल भएका हुन् । बैंकहरूको नाफा बढेसँगै वितरणयोग्य मुनाफामा पनि सुधार भएको छ । गत आवमा बैंकहरूको वितरणयोग्य मुनाफा १९ अर्ब ७७ करोड रुपैयाँ छ । अघिल्लो आवमा ७ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेको वितरणयोग्य मुनाफा गत आवमा उल्लेख्य वृद्धि गराउन बैंकहरू सफल भएका हुन् । गत आवको वितरणयोग्य मुनाफा हेर्दा वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता १३।११ प्रतिशत देखिएको छ ।
वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात ०.४४ प्रतिशत विन्दुले बढेको छ । अघिल्लो वर्ष ३.७३ प्रतिशत रहेको खराब कर्जा गत आवमा बढेर ४.१७ प्रतिशत पुगेको छ । खराब कर्जाको यो तथ्यांक वास्तविक नभएको जानकारहरू दाबी गर्छन् । बैंकहरूले खराब कर्जा लुकाउँदै आएकाले यो झनै बढ्दै गइरहेको उनीहरूको भनाइ छ ।
२० वाणिज्य बैंकमध्ये १६ बैंकले नाफा बढाउँदा ४ बैंकको भने गिरावट छ । गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । यस बैंकले ७ अर्ब १२ करोड रुपैयाँ नाफा गत कमाएको छ । जबकी अघिल्लो आवमा बैंकको नाफा ६ अर्ब १८ करोड रुपैयाँ थियो ।
वाणिज्य बैंकमध्ये नबिल बैंकले मात्र ७ अर्बभन्दा बढी नाफा कमाएको छ । यस्तै २ वटा बैंकले ६ अर्बभन्दा बढी नाफा कमाउदा ५ अर्ब बढी नाफा कमाउने एउटा मात्रै बैंक छ । यस्तै ४ वटा बैंकले ४ अर्बभन्दा बढी नाफा कमाएका छन् भने ५ वटाले ३ अर्बभन्दा बढी खुद नाफा कमाएका छन् ।
गत आवमा सबैभन्दा बढी नाफा कमाउने दोस्रो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ भने तेस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । गत आवमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ नाफा कमाउँदा ग्लोबल आईएमई बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा यी बंैकहरूले क्रमशः ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ र ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै प्रभु बैंकले गत आवमा ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा प्रभु बैंकले ५१ करोड ८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत आवमा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ थियो ।
कृषि विकास बैंकले ४३ प्रतिशत नाफा बढाउँदै ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस बैंकको नाफा २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ थियो । लक्ष्मी सनराइज बैंकले गत आवमा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस बैंकको नाफा २ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा गत आवमा लक्ष्मी सनराइज बैंकले ५६ प्रतिशतले नाफा बढाएको हो ।
यस्तै गत आवमा प्राइम बैंकले ४ अर्ब २ करोड ४४ लाख नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ र नेपाल बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवमा प्राइम बैंकले ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ र नेपाल बैंकले २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा कमाउँदा एनएमबी बैंकले ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टड बैंकले ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवमा यी बैंकहरूले क्रमशः ३ अर्ब ८ करोड, २ अर्ब २४ करोड ४३ लाख र ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत आवमा सानिमा सहित तीन बैंकले २ अर्ब बढी नाफा कमाएका छन् । जसमध्ये सानिमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा कमाउँदा कुमारी बैंकले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ र माछापुच्छे बैंकले १ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यी बैंकहरूले क्रमशः २ अर्ब ३९ करोड ७४ लाख, ४६ लाख ९ हजार, १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै हिमालयन बैंकको नाफा अघिल्लो आवमा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ रहेकोमा गत आवमा १ अर्ब ५१ अर्ब २५ लाख रुपैयाँ रहेको छ । गत आवमा नेपाल एसबीआई बैंकको नाफा करीब १० प्रतिशतले घटेको छ । अघिल्लो आवमा यस बैंकको नाफा १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ रहेकोमा गत आवमा १ अर्ब ८० करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवभन्दा कम नाफा कमाउनेमा चार वटा बैंक छन् ।
गत आवमा नेपाल एसबीआई बैंकको नाफा करीब १० प्रतिशतले घटेको छ । अघिल्लो आवमा यस बैंकको नाफा १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ रहेकोमा गत आवमा १ अर्ब ८० करोड २५ लाख रुपैयाँमा सीमित भएको छ ।
यस्तै स्ट्याण्डर्ड चार्टड बैंकले करीब ७ प्रतिशतले नाफा घटाएको छ । अघिल्लो आवमा ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले गत आवमा ३ अर्ब २ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।
यस्तै सिटिजन्स इन्टरनेसनल बैंकले २ प्रतिशत हाराहारी नाफामा गिरावट ब्यहोरेको छ । अघिल्लो आवमा १ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले गत आवमा १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ ।
गत आवमा सबैभन्दा कम नाफा कमाउने बैंक एनआइसी एसिया बैंक हो । एनआइसी एसिया बैंकले गत आवमा १० करोड १५ लाख २३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । अघिल्लो आवमा बैंकको नाफा ७० करोड १४ लाख ८७ हजार रुपैयाँ थियो ।
