नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा
काठमाडौं। पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्।
आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पाले ३४२ मत र गुरुङले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्। यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन्।
त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ।
अध्यक्ष
– फुर्वा गेल्जे शेर्पा – ३४२ विजयी
– कुलबहादुर गुरुङ – २८८
वरिष्ठ उपाध्यक्ष
– इश्वरी पौडेल – ३४५ विजयी
– टिका गुरुङ – २५८
प्रथम उपाध्यक्ष
– मिङ्मा ग्याबो शेर्पा – ३५९ विजयी
– काजी शेर्पा – २५६
द्धितीय उपाध्यक्ष
– बोधराज भण्डारी – ३६८ विजयी
– धनबहादुर गुरुङ – २३८
महासचिव
– राजेन्द्रबहादुर लामा – ३१८ विजयी
– विमल नहर्की – २०९
– शिव सापकोटा – ६८
सचिव
– चन्दन थापा – ३५८ (विजयी)
– ङिमा दिकी शेर्पा – २४४
कोषाध्यक्ष
– ङिमा नुर्बु शेर्पा – ३०४
– सुमी लामा – ३०४
समान मत भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट निर्णय गर्ने
सदस्य विजयी
– माधवकुमार धमला – २७८
– केदार न्यौपाने – ३०२
– थुप्देन शेर्पा – ३२६
– गोकुल थापा – २८८
– मुलाल गुरुङ – ३५१
– देण्डी शेर्पा – ३११
– विक्रम कार्की – ३०६
– रिञ्जे शेर्पा – ३०१
– देवेन्द्र डंगोल – २९५
– दिकी शेर्पा – २८८
– निशा भोटे – ३०७
