सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । कैलाली, कञ्चनपुरमा बसोवास गर्ने थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गरेका छन् ।

पर्वको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरेको छ । यसअघि, प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा साउन २५ गते बिदाको निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको थियो । तर, थारु समुदायको अट्वारी भदौ ८ गते परेकाले बिदाको मिति संशोधन गरिएको थियो ।

अट्वारी पर्वको अवसर पारेर थारु बहुल कैलारी गाउँपालिका लगायतका पालिकाले दुई दिन स्थानीय बिदा दिएका छन् । अट्वारी पर्व दुई दिन मनाउने गरिएको छ।