गोरखापत्र च्यात्न र जलाउन खोज्ने सिलवाल पक्राउ
काठमाडौं । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका सन्तोष कुमार सिलवाल पक्राउ परेका छन्। काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो।
उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका थिए।
गोरखापत्रमा मङ्गलवार ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो। उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए।
सन्तोषलाई दिउँसो २ बजेर २५ मिनेटमा नियन्त्रणमा लिइएको हो। उनलाई नियन्त्रणमा लिएर परिसरमा राखिएको छ । धादिङको सितले गाउँपालिका(४ स्थायी घर भएका सन्तोष काठमाडौंको कलङ्कीमा बस्दै आएका छन्।
