आईटी जनशक्तिलाई २ लाखसम्म तलब दिने व्यवस्था गरिएको छ: प्रधानमन्त्री ओली
काठमाडौं। सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दक्ष आईटी जनशक्तिलाई मासिक दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार यस कदमले अनलाइनमार्फत सरकारी सेवा विस्तारलाई सहज र प्रभावकारी बनाउन मद्दत गर्नेछ। यसअघि देखिएको सेवामा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेका छन्।
साथै आईटी क्षेत्रको दक्ष जनशक्ति विदेशी रोजगारतर्फ आकर्षित हुँदै आएको अवस्थामा सरकारले यस्तो व्यवस्था गर्नु सुखद कदम भएको उनको भनाइ छ।
