एक्कासी ढलेका प्रहरी सहायक निरीक्षकको मृत्यु

सांकेतिक तस्बिर

ताप्लेजुङ। यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी)वेदप्रसाद गौतमका अनुसार आज ड्युटीका लागि निस्कने क्रममा भुजेल बेहोस भई ढलेका थिए।

उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकाे तर उपचारकै क्रममा निधन भएको डिएसपी गौतमले जानकारी दिए।

४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ। उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ।