जेनजी छलफलमा, सुशीला कार्कीलाई अघि सार्ने तयारी

काठमाडौं। करिब चार घण्टादेखि जारी जेनजी समूहको जुम बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्विकारेर जाने निष्कर्ष निकालेको छ।

जेनजीको पुस्ताको भर्चुअल बैठकमा प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै गन्ध आउन नहुने चर्चाबिच हाल नागरिक अभियन्तामेत रहेकी कार्कीलाई नेतृत्वमा स्विकारेर जाने निष्कर्ष निकालिएको हो।

जुम बैठकमा जेनजीले निष्कर्षसहित भने, ‘पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई स्विकारेर जान सकिन्छ। त्यसपछि बालेनन्द्र र सागर ढकालहरू पनि हुनुहुन्छ। हहिलेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्की ठिक हुनुहुन्छ।

भर्चुअल बैठकमा उनीहरूले अहिलेलाई पूर्वप्रधानन्यायाधीश कार्कीभन्दा अर्को सक्षम व्यक्ति नरहेको पनि बताएका छन्। ‘सुशीला कार्कीङ्को नाममा नोटिस निकालौँ । सुशीला कार्कीको नाम डन भयो, अनाउन्स गरौँ।

जेनजीले छलफलमा सर्वमान्य एजेन्डा हुनुपर्ने अडान लिएका थिए। नेतृत्व पनि सबैले पत्याउने हुनुपर्ने बताएका थिए । यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न भनेको खुलेको छ।