सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमाआज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर कारोबार भएको हो।

यसअघि बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य घटेर आज २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।