सिरहामा अपहरणमा परेका बालकको हत्या,मागिएको थियो ५ करोड फिरौती

काठमाडौं। सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ। गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय बालक अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो।

घरभन्दा केही पर आँप बगैंचामा हत्या गरिएको अवस्थामा आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दि।

प्रहरीका अनुसार आइतबार राति ८ बजेबाट बेपत्ता भएका बालक अपहरणमा परेको भन्दै सोमबार बिहान परिवारलाई ५ करोड फिरौती रकम माग गर्दै म्यासेज आएको थियो।

तर खोजतलास गर्ने क्रममा आज बिहान हत्या गरिएको अवस्थामा बालकको शव घर नजिकै फेला परेको हो । घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।