कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता

हुम्ला। हुम्लाको चंखेली गाउँपालिका-४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, शनिवार बिहान चंखेली-४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २८-२९ वर्षीय हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी १९-२० कि कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेका हुन्।

हंश बिवाहित हुन् भने कर्मा अविवाहित हुन् । प्रहरी चौकी मेल्छामबाट प्रहरी खोजी कार्यमा खटिएको छ । उनीहरूको खोजी कार्य जारी छ ।