आज असोज १२ गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- काममा कठिनाइ आउन सक्छ, त्यसैले होशियारी पूर्वक काम गर्नुहोस् । यातायातका साधन प्रति पनि सतर्क रहनुहोस् । विशेष योजना गोप्य राख्नुहोस्, बनेको कुरा पनि बिग्रिन सक्ने समय छ । घरेलु समस्याले सताउँदा काममा अवरोध आउनेछ, त्यसैले अनावश्यक कार्य नगरी धैर्यपूर्वक अघि बढ्नुहोस् ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- सहयोगीहरूले साथ दिनेछन् । अनौठो तरिकाबाट धन प्राप्त हुने दिन हो । आम्दानी बढ्नेछ र नयाँ योजनाहरूको सुरुवात हुनेछ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा काम पूरा भई मन हर्षित हुनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- मनोरञ्जनात्मक तरिकाबाट काम बन्नेछ र मन प्रसन्न हुनेछ । पुराना साथी भाइहरूसँग भेटघाट हुनेछ । भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम पनि उठ्नेछ । प्रेममा सफलता पाइनेछ र वैवाहिक बन्धनमा बाँधिने योग छ । टाढाको यात्राको पनि सम्भावना छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो -परिवारजनसँग असमझदारी बढ्न सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, त्यसैले विचारपूर्वक अघि बढ्नुहोस् । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन्, छर छिमेकसँग झगडा हुन सक्छ । गलत विचार बढ्नेछ र समयमा निर्णय नहुँदा काममा अवरोध आउने सम्भावना छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- प्रतिष्ठित काम गरेर अरूको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय हो । नयाँ काममा समय बिते पनि जागिरमा अल्छी लाग्न सक्छ । तर व्यापारमा सफलता पाइनेछ र धन कमाउने अवसर मिल्नेछ । जागिरमा पनि स्थिति सामान्य रहनेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मान सम्मान बढ्नेछ । सुखको अनुभूति हुनेछ । सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीमा लाभ हुनेछ । ठूला व्यक्तिको आशा र भरोसा तपाईँ प्रति रहनेछ । मीठो भाषणले धेरै काम सहज रूपमा बन्नेछन् ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- नयाँ कामको स्रोत फेला पर्नेछ । जागिरमा भने समस्या आउन सक्छ । व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जानेछ । सहयोग र नयाँ मित्रको आगमनले मन प्रसन्न हुनेछ । धन लाभ पनि हुने योग छ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अप्रत्याशित ठाउँमा धन खर्चिनुपर्ने देखिन्छ । सामान्य रोगले सताउन सक्छ, उपचारमा खर्च हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोस् । परिश्रमले लक्ष हासिल गर्न सकिनेछ । तर नोकरी वा राजनीतिमा केही अप्ठ्यारोको सामना गर्नुपर्नेछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- तपाईँका विचारले धेरैलाई आकर्षित गर्नेछन् । व्यापारबाट राम्रो लाभ लिन सकिनेछ । विभिन्न अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य स्थिति राम्रो रहनेछ र काम गर्ने उत्साह बढ्नेछ । नयाँ काम सुरु गर्ने योग छ । पढाइमा प्रगति भई अघि बढ्न सकिनेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- काम गर्ने जाँगर बढ्नेछ । आम्दानीमा वृद्धि हुनेछ । दिन रमाइलो हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर मिल्नेछ । आटेका काम पूरा भई धन लाभ हुनेछ । व्यापारमा पनि सामान्य लाभ हुनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- बोलीको प्रभाव बढ्नेछ, सजिलै काम बन्नेछ । टाढाको यात्राको सम्भावना छ । गरेका प्रयासबाट राम्रै लाभ पाइनेछ । व्यापारमा गरेको मेहनत सकारात्मक हुनेछ । साथी भाइसँग भेटघाट रमाइलो हुनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- अनावश्यक खर्च बढ्नेछ । काममा मन नलाग्ने दिन हुन सक्छ । बाध्यतापूर्ण काममै समय बित्नेछ । व्यापारमा घाटा बेहोर्नु पर्न सक्छ, त्यसैले सावधान रहनुहोस् । समय विशेष अनुकूल छैन, गलत विचार बढ्ने र सही निर्णय लिन कठिन हुने सम्भावना छ ।