जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई परिचयपत्र वितरण सुरु

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूलाई भेटी परिचयपत्र वितरणको शुभारम्भ गरेका हुन् ।

मन्त्रालयको निर्णयअनुसार घाइतेहरूको उपचार र फलोअपलाई व्यवस्थित गर्न काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालमा डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएको छ । यी क्लिनिकहरूले घाइतेहरूको उपचारमा सहजता ल्याउनेछन्। साथै, अस्पतालसम्म निःशुल्क आवतजावतको व्यवस्था र फोकल व्यक्तिहरू तोकिएको छ ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालमा जेनजी क्लिनिक सञ्चालित छन् ।

कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, बागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, र सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा क्लिनिक स्थापना भएका छन् ।

हेर्नुहोस् डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएका अस्पताल र सम्पर्क नम्बर–