हर्क साम्पाङले नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा दिए निवेदन
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।
उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । अहिले पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगले जनाएका छ । उनले आफैँ उपस्थित भएर दल दर्ताका लागि निवेदन दिएका र अहिले कागजात रुजु गर्ने प्रक्रियामा रहेको आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रमा राखेर उनले पार्टी खोल्ने प्रक्रिया अघि बढाएका हुन् । नयाँ पार्टी खोल्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पनि तयारी छ । अहिले हर्क र बालेनबीच मनमुटाब छ । बालेनले पार्टी खोल्ने तयारी गरिरहेका हल्लाकाबीच हर्कले नयाँ पार्टी दर्ताको औपचारिक तयारी थालेका हुन्।
