काठमाडौंको भीमसेनस्थान नजिक घरमा लागेको आगो करिब ६ घण्टापछि नियन्त्रण

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रण भएको छ ।

नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिइन् ।

आज बिहान ४ बजेतिर आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको हो । क्षतिको विवरण संकलन भइरहेको उनले बताइन्।