सेना,प्रहरी र सशस्त्रलाई समयानुकूल उपकरण दिन विज्ञको सुझाव
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्पन्न भएको छ । बैठकमा विज्ञहरूले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण उपकरण र सामग्री उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् ।
परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधरले सेना, प्रहरी र सशस्त्र प्रहरीलाई प्रभावकारी तालिम र उपयुक्त उपकरणहरू प्रदान गर्नुपर्नेमा जोड दिए । उनले विपद्को समयमा प्रधानमन्त्रीको नेतृत्व र अभिभावकत्वले ठूलो क्षति हुनबाट देशलाई जोगाएको भन्दै प्रशंसा गरे ।
साथै, उनले सीमित स्रोतसाधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनताको उद्धारमा देखाएको तत्परताको सम्मान गर्नुपर्ने बताए ।
