यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको जानकारी दिएको छ ।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।
त्यस्तै गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ भने देशका पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

